जोडिनुहोस
  • होमपेज
  • ‘१२ गाउँ’को ट्रेलरमा बुवा र छोराको एक्सन

‘१२ गाउँ’को ट्रेलरमा बुवा र छोराको एक्सन

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ गते रिलिज हुने चलचित्रको आज ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलर एक्सनपूर्ण सिनले भरिएको छ । विराज भट्ट र समीर भट्टको एक्सन ट्रेलरमा देखाइएको छ । ट्रेलरमा समीरले भन्दा विराजले बढी समय अकुपाइ गरेका छन् ।

सार्वजनिक ट्रेलरमा समीरको सिक्सप्याक्ड बडी शो गरिएको छ । विराज र समीर बुवाछोरा हुन् । चलचित्रमा सिनेमाका मुख्य कलाकार पनि अटाएका छन् । ‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेव्यु गरेका छन् ।

विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका