जोडिनुहोस
  • होमपेज
  • कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ

कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ‘ब्रिफिङ’ गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से सभाहलमा मंगलबार बसेको बैठकमा उनले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । लेखकले सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको पार्टीलाई जानकारी गराए ।

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको गृहमन्त्री लेखकको भनाइ थियो । क्षतिग्रस्त संरचनाको मर्मत गरेर सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको पनि उनले बताए ।

गृहमन्त्री लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार क्षतिग्रस्त आठ जिल्लामा पठाइएको जानकारी गराए । यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उनको भनाइ थियो । गृहमन्त्री लेखकले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको पनि बताए । लेखकले नख्खु खोलमा टिनको छाप्रोमाथि बसेका नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको पनि दाबी गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका