जोडिनुहोस
  • होमपेज
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ मा हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ मा हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय भएको छ। पूर्वनिर्धारित असोज २८ को मिति विवादमा परेपछि सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कांग्रेसले अन्ततः नयाँ कार्यतालिका तय गरेको हो।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माबीच भएको छलफलपछि महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धी प्रस्ताव तयार गरिएको हो।

यस प्रस्तावलाई कार्यवाहक सभापति खड्काले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्नेछन्। यसअघि महामन्त्री र सहमहामन्त्रीहरूबाट छुट्टाछुट्टै कार्यतालिका प्रस्ताव पेस भएको थियो। सहमति जुटाउनका लागि सभापति देउवाको आग्रहअनुरूप एकीकृत प्रस्ताव कार्यवाहक सभापति खड्कामार्फत प्रस्तुत गरिँदै छ।