जोडिनुहोस
  • होमपेज
  • बाग्मती नदीमा आएको बाढीका कारण बाग्मती करिडोर अहिले पनि हिलाम्मे

बाग्मती नदीमा आएको बाढीका कारण बाग्मती करिडोर अहिले पनि हिलाम्मे

असोज ११ र १२ गतेको अविरल वर्षासँगै बाग्मती नदीमा आएको बाढीका कारण बाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । ललितपुको धोबीघाट, बल्खु पुल, सानेपाको कालो पुल, यूएन पार्कलगायत ठाउँमा अहिलेसम्म हिलो छ । गाडी सञ्चालनमा आए पनि हिलो र धूलोका कारण बाग्मती करिडोरमा यात्रा असहज भएको यात्रुहरू बताउँछन् ।

बाग्मती करिडोरमा हिलो भएकाले गाडीको चाप कम त भएको छ तर यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले गाडी जाममा पर्ने गरेका छन् । वैकल्पिक यात्रा गर्ने बाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताउनुभयो ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउनुहुन्छ । अहिले बाग्मती करिडोर छेउछाउका बासिन्दा बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन जुटेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका