जोडिनुहोस
  • होमपेज
  • दाङमा जुवाको खालबाट ७ जना पक्राउ

दाङमा जुवाको खालबाट ७ जना पक्राउ

दाङमा जुवाको खालबाट सात जना पक्राउ परेका छन् । दाङ प्रहरीकाअनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका–३ घर भई घोराही उपमहानगरपालिका–१४ मा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय बोधधन रोका, रुकुम पूर्व पुथा उत्तरगङ्गा–११ घर भई घोराही–१५ बस्ने ४१ वर्षका रामचन्द्र बुढा, ५६ वर्षका विष्णु बुढा, ५७ वर्षका ज्योती बुढा रहेका छन् ।

यस्तै घोराही–१५ का ४३ वर्षीय अम्मर घर्ती, पुथा उत्तरगङ्गा–११ घर भई घोराही–१४ बस्ने ५६ वर्षीय सुकलाल बुढा र घोराही–१३ बस्ने ४१ वर्षीय दीपक विक पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट ५८ हजार चार सय ५५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । घोराही–१४ मा रहेको कुमारी होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका