जोडिनुहोस
  • होमपेज
  • धितोपत्र बोर्ड अध्यक्ष छनोट : अन्तर्वार्ता फेरि स्थगित

धितोपत्र बोर्ड अध्यक्ष छनोट : अन्तर्वार्ता फेरि स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका निम्ति शुक्रबारलाई तय अन्तर्वार्ता स्थगन गरिएको छ । बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेकाले उमेदवारको अन्तर्वार्ता स्थगन गरिएको अर्थसचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

अध्यक्षका तीन उमेदवार शुक्रबार अन्तर्वार्ता दिन अर्थ मन्त्रालय पुगेका थिए । तर, उनीहरूले अन्तर्वार्ता दिन पाएनन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्ता दिन गएका थिए ।

उनीहरूले यसअघि दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए । यी तीनजनालाई सिफासिस समितिले पुनः सूचना निकालेर आज बिहान ८ बजेका निम्ति अन्तर्वार्तामा बोलाएको थियो । यसअघि, सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका