जोडिनुहोस
  • होमपेज
  • सिन्धुलीमा हायस दुर्घटना, १५ जना घाइते

सिन्धुलीमा हायस दुर्घटना, १५ जना घाइते

काठमाडौं । सिन्धुलीमा शुक्रबार हायस माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा५ख ६६१८ नम्बरको हायस दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमानले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, घाइतेको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । शुक्रबार बिहान करिब ४ः२० बजे कमलामाई नगरपालिका–८, सिस्नेरीमा हायस दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै उद्धार गरी घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि घाइते १५ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये चालकसहित तीनजनाको अवस्था गम्भीर छ । काठमाडौंबाट मोरङतर्फ जाँदै गरेको हायस दुर्घटना भएको हो । हायसमा १९ जना सवार थिए । अरू चारजनाको अवस्था सामान्य रहेको र उनीहरू अर्को गाडीमार्फत आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । हायस सडकछेउको नालामा खसेर भित्ता ठोक्किई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका