जोडिनुहोस
  • होमपेज
  • नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी– सडक भासिएर अवरुद्ध भएको पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज १० बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका