जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीको घरमै पुगेर अनुरोध गर्छु स् मन्त्री यादव

मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीको घरमै पुगेर अनुरोध गर्छु स् मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीय बासिन्दाको घरमा नै पुगेर अनुरोध गर्ने बताउनुभएको छ । दक्षिणकालीका नागरिकलाई आफूले घरमा नै पुगेर बिन्ति बिसाएपछि ललितपुरको नख्खु क्षेत्रमा सहज रूपमा खानेपानी ल्याएको भन्दै मन्त्री यादवले मेलम्चीमा पनि स्थानीयवासीको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताउनुभएको हो । उहाँले मेलम्चीका स्थानीयवासीले चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताउनुभयो ।

मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको मन्त्री यादवले दाबी गर्नुभएको छ । देशमा असहज परिस्थिति रहेको भन्दै उहाँले अहिलेलाई परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गर्नुभयो । उहाँले अहिले आन्दोलन गर्ने बेला नभई एकअर्कालाई सहयोग गर्ने समय रहेको बताउनुभयो ।

खानेपानीमन्त्री यादवले बाढी पहिरोले खानेपानीमा मात्रै साढे ३ अर्ब रुपैयाँको क्षति पुर्‍याएको बताउनुभयो । काठमाण्डौमा करोडौंका मेशिन डुबेको र बगाएको अवस्थामा रहेको भन्दै उहाँले सरकारले तत्कालका लागि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडमार्फत चल्ने मेशिन मर्मत गर्ने, नयाँ मेशिन खरिद गरी काम गर्ने बताउनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका