जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादशैँको अवसरमा आज बिहान दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभएको छ ।

दक्षिणकाली मन्दिर काठमाण्डौ उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले मन्दिर क्षेत्रमा भर्खरैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गर्नुभयो । साथै काठमाण्डौ–मकवानपुर सडक छिटो पुनर्निर्माण गरी निर्बाध गाडी सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका