जोडिनुहोस
  • होमपेज
  • शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से

शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से

सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा २७०० विन्दु पार गरेको बजार पुनस् १६०० को विन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज ३७.१३ अंकले बढेको छ । नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा पुगेको छ ।

आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रि–ओपन सेसनमा ३ अंकले बढेर सुरु भएको शेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो । बजार बढेर ३ पटक सम्म २७०० को विन्दु पार गरेको थियो । तर बजार बन्द हुँदा भने नेप्से बढेर २६९० विन्दु कायम भएको हो । आज बजारमा एक पटक पनि घटेको थिएन ।

आज २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह ०.७१ प्रतिशतले घटेर ३ हजार ३३१ विन्दुमा र उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले घटेर ७ हजार १५४ विन्दुमा आएको छ ।

सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.५० प्रतिशतले बढेर ६ हजार ७४९ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले बढेर २०.७० विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.९०, विकास बैंक १.१९ प्रतिशतले, हाइड्रोपावर १.०५ प्रतिशतले, लगानी १.४६ प्रतिशतले, जिवन बीमा १.११ प्रतिशतले, लघुवित्त १.५१ प्रतिशतले, निर्जीवन बीमा ०.८८ प्रतिशतले, अन्य समूह २.६१ प्रतिशतले र ट्रेडिङ समूह १.४६ प्रतिशतले बढेको हो ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका