जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोपीडितलाई स्वीस सरकारको सहयोग

बाढीपहिरोपीडितलाई स्वीस सरकारको सहयोग

काठमाडौं । स्वीस सरकार विकास सहयोग (एसडीसी)को आर्थिक सहयोगमा हेल्भेटास नेपालले बाढीपहिरोपीडितलाई राहत उपलब्ध गराएको छ ।

हेल्भेटासले विशेष गरी आफ्नो कार्यक्षेत्रका बाढीपहिरोबाट अत्यधिक प्रभावित स्थानमा राहत पुर्‍याइरहेको छ । प्रभावित क्षेत्रका स्थानीय सरकारसँग समन्वय गर्दै क्षतिको प्रारम्भिक मूल्यांकन पूरा गरेपछि राहत वितरणको प्रक्रिया थालिएको हो ।

वाग्मती प्रदेशको पनौती नगरपालिकामा ५०० घरधुरीलाई आवश्यक खाद्यसामग्री, भाँडाकुँडा, व्यक्तिगत सरसफाइका सामग्री जस्तै, साबुन, स्यानिटरी प्याड, ब्रस, पेस्ट, ओढ्ने–ओछ्याउने उपलब्ध गराइएको छ । त्यस्तै, कोसी प्रदेशको फिदिम नगरपालिकामा ९५ घरधुरीलाई खाद्यसामग्री, व्यक्तिगत सरसफाइका सामग्री, प्राथमिक उपचार किट र ३९० थान त्रिपाल वितरण गरिएको छ ।

कोसीकै फालेलुङ गाउँपालिकामा २९३ घरधुरीलाई खाद्यसामग्री र ४० घरधुरीलाई भाँडाकुँडा तथा सरसफाइका सामग्रीका साथै ५८६ थान त्रिपाल वितरण गरिएको हेल्भेटासले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका