जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • फिल्म ‘जारी’ ले बीस घण्टा नपुग्दै कटायो १० लाख बढी भ्युज

फिल्म ‘जारी’ ले बीस घण्टा नपुग्दै कटायो १० लाख बढी भ्युज

काठमाडौं- उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ ले युट्युबमा सार्वजनिक भएको २० घण्टा नबित्दै १० लाख भ्युज कटाएको छ ।

सोमबार साँझ युट्युबबाट सार्वजनिक गरिएको यस फिल्मले १९ घण्टामा १२ लाख बढी भ्युज पाएको छ । विसं २०८० को नयाँ वर्ष लक्षितगरी प्रदर्शनमा आएको यस फिल्म सुपरहिट साबित भएको थियो । यो फिल्मले १६ करोड बढी ग्रस कलेक्सन गरेको थियो । ‘जारी’ घरेलु बजारमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने नेपाली फिल्म हो ।

युट्युबमा सार्वजनिक भएपछि यो फिल्मको पुनः चर्चा चुलिएको छ । उपेन्द्र सुब्बाको निर्देशन र लेखन क्षमताको प्रशंसा भइरहेको छ । त्यस्तै, फिल्ममा केन्द्रीय भूमिकामा रहेकी नायिका मिरुना मगर अभिनयले पनि तारिफ पाएको छ ।

लिम्बू समुदायको कथामा आधारित कथामा बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना, विजय बराल मुख्य भूमिकामा छन् । फिल्ममा पुस्कर गुरुङ, प्रेम सुब्बा, रेखा सुब्बा, रोयदीप श्रेष्ठलगायतको पनि अभिनय रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका