काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८० अंकले बढेको छ ।
उक्त सेसनमा १ करोड ६० लाख ७८ हजार रुपैयाँ बराबरको ४६ हजार ६२८ कित्ता शेयर किनबेच भएको छ । सेसन अवधिमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
सेसनभर ३७ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । जस्मा ७१ पटक शेयर किनबेच भएको छ ।