जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी

सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी

सरकारले चालु आर्थिक वर्षमा तय गरेको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य असोज मसान्तसम्म कत्ति पनि प्राप्त गर्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षको बजेटमा ५२ अर्ब २३ करोड २६ लाख ५ हजार बराबरको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य राखेकोमा असोज मसान्तसम्मको अवधिमा कत्ति पनि अनुदान प्राप्त गर्न नसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

त्यस्तै, तीन महिनाको आम्दानी खर्चको विवरण हेर्दा सरकार आम्दानीको तुलनामा पौने खर्बले बढी खर्चको अवस्थामा रहेको देखिएको छ । महालेखाको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २ खर्ब ५३ अर्ब १ करोड ३३ लाख आम्दानी गरेको छ भने ३ खर्ब २९ अर्ब २० करोड ११ लाख खर्च गरेको छ ।

विवरणअनुसार सरकारले समीक्षा अवधिमा सबैभन्दा धेरै कार्यसञ्चालन खर्च अर्थात् तलब, भत्ता, मसलन्द लगायतमा २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख, पुँजीगत खर्चमा २९ अर्ब ३७ करोड ४६ लाख र वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ९७ करोड ४४ लाख खर्च गरेको छ । त्यस्तै समीक्षा अवधिमा सरकारले कर आम्दानी २ खर्ब १९ अर्ब ६८ करोड २९ लाख र गैरकर आम्दानी २८ अर्ब ५७ करोड ५१ लाख आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
चितवनमा रगत अभाव