जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बैतडीमा अटो दुर्घटना हुँदा गर्भवतीसहित ४ जना घाइते

बैतडीमा अटो दुर्घटना हुँदा गर्भवतीसहित ४ जना घाइते

बैतडी। बैतडीमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। शुक्रबार दिउँसोतिर दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार अटो अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेर दुर्घटनामा परेको जनाएको छ।

सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा एक जना गर्भवतीसहित चार जना घाइते भएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

उनका अनुसार दुर्घटनामा दोगडाकेदार गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, ४५ वर्षीया वसन्ती जोशी, २५ वर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० वर्षीया हिरा सार्की घाइते भएका छन्। घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेकी खुल्न आएको छ। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ वर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका