जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल कात्तिक ३ गते शनिबारको राशिफल

आज २०८१ साल कात्तिक ३ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रनेछ ?

मेषः तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह मिल्नेछ। राजनीतिक संगठनमा तपाईंको राम्रो पहुँच विस्तार हुनेछ। परोपकारमा ध्यान दिनु राम्रो हुनेछ। बाहिरको खानपानले रोग बढ्ने खतरा छ। ठुलो कामको जिम्मेवारी परिवारलाई दिन सक्नुहुनेछ।

वृषः तपाईं राज्यको सुरक्षा अंगमा भए सचेत बन्नु राम्रो हुनेछ। हातहतियार चलाउँदा ख्याल गर्नु राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा शुभग्रह रहेका छन्। शिक्षाको क्षेत्रमा लगानी गरेमा सफलता मिल्नेछ। तपाईंको आलोचना गर्ने साथी संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मिथुनः राम्रो बोल्छु भने पनि नराम्रो शब्द सार्वजनिक हुने जोखिम रहेकाले बोल्दा ख्याल गर्नुपर्ने समय छ। लगानीका क्षेत्र धेरै छन्। स्वदेशमा लगानीको विकल्प खोज्नु राम्रो हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो काम गर्न सक्नुहुन्छ। जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

कर्कटः आफ्ना साथीले असहयोग गर्ने देखिन्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः धनस्थानमा शुभग्रह रहेकाले आर्थिक लाभ हुनेछ। अग्रजको सहयोग लिएमा महत्त्वपूर्ण काम बन्नेछ। साथीसँगको संगतको खानपानले रोग बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा जोस बढ्नेछ। लगानी गरेको भए फाइदा हुने योग छ। परिवारको सथा मिल्नेछ।

कन्याः व्यापारमा तपाईंलाई फाइदा हुनेछ। धनका पछाडि लाग्दा संस्कार भुल्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारको तर्फबाट उचित सल्लाह प्राप्त हुनेछ।

तुलाः परोपकार गर्ने बानीले तपाईंको समय अर्कोको लागि खर्च हुनेछ। समय दिन नसक्दा परिवारमा खटपटी बढ्नसक्छ। ठुलो कामको सुरुवात गर्नु अगाडि परिवारमा सल्लाह गर्नु राम्रो हुनेछ। छिमेकमा हुने शुभकार्यमा सहभागी बन्ने योग रहेको छ।

वृश्चिकः आज तपाईंका खराब दशा चल्दैछन्। रुखमा चढाएर फेद काट्नेको संख्या बढेकाले सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भएको लगानी सफल हुनेछ। परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ।

धनुः मन प्रशन्न रहनेछ। अदालती लफडा भइरहेको भए तपाईंको पक्षमा न्याय हुनेछ। गुरुबाट असहयोग हुनसक्छ। बोलीमा नम्रता अवश्यक देखिन्छ। राम्रो काम गर्नु अगाडि अग्रजको सल्लाह लिनु आवश्यक देखिन्छ।

मकरः अन्त्य साढेसाती दशा चल्दैछ। सञ्चित धन खर्च हुनेछ। परिवारमा मनमुटाव हुनु शनिदेवका लक्षण हुन्। बिहान पिपलको दर्शन गर्नुभएमा दिन सरल र शान्त बन्नेछ। परिवारमा सुख र शान्ति मिल्ने योग रहेको छ।

कुम्भः शुभग्रहको बहुमत भएकाले लगानीका क्षेत्रमा राम्रो उपलब्धि हात लाग्नेछ। नियमित औषधिको सेवनले रोगबाट मुक्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले भने तपाईंलाई शंकाको घेरामा राख्नेछन्।

मीनः धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्ने दिन छ। सानो कुराले मनमा खटपटी बढ्नसक्छ। मनलाई फराकिलो बनाउनुपर्ने देखिन्छ। संकटमा परिवारको साथ प्राप्त हुँदा दिन रमाइलेसँग बित्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका