जोडिनुहोस
  • होमपेज
  • रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणको काम तीव्र

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणको काम तीव्र

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र रामेछाप तर्फ पक्की पुल बगाउँदा सडकमार्गको सञ्जाल टुटेको थियो ।

सेनाले बेलिब्रिजको काम तीव्र पारेसँगै रामेछापतर्फको भाग गएको बुधवार नै जोडिएको थियो । पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी गाडीको आवतजावत गर्न अब तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ ।

पुलमा पाता बिछ्याउने र लेवल मिलाउनेलगायतका काम भइरहेको छ । पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको झन्डै दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म सहजै दुईतर्फी गाडी चल्न सक्ने अवस्था छैन ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका