जोडिनुहोस
  • होमपेज
  • ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैन ; प्रधानमन्त्री ओली

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैन ; प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गाडी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । नागरिक एपमार्फत् सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उहाँको भनाइ छ ।

गाडी चालकले नियम उल्लङ्घन गरे ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल भुक्तानीको व्यवस्था गरिएकोसमेत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ ‘अब गाडी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ ।’ बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा भोलिदेखि यो व्यवस्था शुरु हुने उहाँको भनाइ छ । यस्तै प्रधानमन्त्री ओलीले नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको उल्लेख गर्नुभएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका