जोडिनुहोस
  • होमपेज
  • इजरायलले गर्‍यो उत्तरी गाजामा आक्रमण, ७३ जनाको मृत्यु

इजरायलले गर्‍यो उत्तरी गाजामा आक्रमण, ७३ जनाको मृत्यु

काठमाडौं। उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले आक्रमण गरेको छ । आक्रमणमा ७३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले बताएका छन् ।

बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको अधिकारीहरूले बताएका छन् । शनिबार राति बम विस्फोटबाट भएको आक्रमणमा धेरै मानिसहरु घाइते भएका छन् । अझै पनि धेरै मानिस भग्नावशेषमा फसेका बताइएको छ ।

आक्रमणको सम्बन्धमा इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ। गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द भएकाले उद्धार कार्यमा पनि बाधा पुगेको बताएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका