जोडिनुहोस
  • होमपेज
  • समाजमा एकरूपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्यः सञ्चारमन्त्री गुरुङ

समाजमा एकरूपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्यः सञ्चारमन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विविधतायुक्त समाजमा एकरूपता ल्याउन समावेशी अभ्यास अपरिहार्य रहेको बताएका छन् । उनले समावेशी अभ्यास बलियो हुँदा समाजमा सबै वर्गले अपनत्व महसुस गर्न पाउने बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले शान्त, समृद्ध, सुसभ्य, र विवादरहित समाज निर्माण गर्न समावेशिता जरुरी रहेको उल्लेख गरे ।

‘राज्यको सत्ता र स्रोतमा सबैको पहुँच पुग्नुपर्छ’, मन्त्री गुरुङले भने, ‘संसारमा भएका अभ्यासमध्ये नेपालमा लोकतान्त्रिक अभ्यास भइरहेको छ, यसले सबै भाषा, धर्म, समुदाय, वर्गलाई समेटेको छ । आजको दिनसम्म सबैभन्दा व्यवस्थित खालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र नै हो ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका