जोडिनुहोस
  • होमपेज
  • निरन्तर कीर्तिमान बनाएको सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

निरन्तर कीर्तिमान बनाएको सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

काठमाडौं। नेपाली बजारमा साताको पाचौं आज [बिहीबार] सुनको मूल्य घटेको छ । विगत एक सातादेखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका