जोडिनुहोस
  • होमपेज
  • ललितपुरको जावलाखेलमा गोदावरी फूल प्रदर्शनी शुरू

ललितपुरको जावलाखेलमा गोदावरी फूल प्रदर्शनी शुरू

काठमाडौं। ललितपुरको जावलाखेलमा आजदेखि १७ औं गोदावरी फूलको प्रदर्शनी शुरू भएको छ । पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले तिहार लक्षित प्रदर्शनी आयोजना गरेको फ्लोरिकल्चर एसोसिएशनले जनाएको हो ।

तिहारका बेला प्रत्येक वर्ष जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी हुँदै आएको छ । कार्यक्रममा गोदावरी फूलका नयाँ प्रजातिका फूल र बिरुवाको प्रदर्शनी तथा बिक्री हुन्छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका बिरुवा पनि प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा पुष्प व्यवसायका क्षेत्रमा भएका नयाँ नयाँ प्रविधि र उपलब्धिको बारेमा समेत जानकारी गराइनेछ । प्रदर्शनीमा ७५ वटा स्टल रहेका छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कारसमेत दिइने एसोसिएशनले जनाएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा ४० हजार जनाभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका