जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौ महानगरले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगायो

काठमाण्डौ महानगरले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगायो

काठमाण्डौ महानगरपालिकाले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ । नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी महानगरले प्लास्टिकका फूलगुच्छा र माला बिक्रीरवितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । महानगरले आज सूचना निकालेर प्लास्टिकको फूलगुच्छा र माला बिक्रीरवितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्रीरवितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ । अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्रीरवितरण वा प्रयोग भएको पाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका