जोडिनुहोस
  • होमपेज
  • विपद्‍मा राजमार्गका यात्रुले सरकारको प्रशंसा गरेका थिए ; भौतिकमन्त्री

विपद्‍मा राजमार्गका यात्रुले सरकारको प्रशंसा गरेका थिए ; भौतिकमन्त्री

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्को समयमा राजमार्गमा दुःखकष्टका साथ यात्रा गरेका यात्रुले सरकारको काम देखेर प्रशंसा गरेको दाबी गरेका छन् । आफ्नो सय दिने कार्यकालमा भएका कामको सूची सार्वजनिक गर्न बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘स्वभाविक रूपमा जनताले दुःख पाउने भई हाले, जो यात्रुहरू यात्रामा हुनुहुन्थ्यो, उहाँहरूबाट यो बीचमा सरकारले नसोचेको काम गर्‍यो भन्ने प्रतिक्रिया मैले पनि पाएको छु,’ उनले भने ।

यात्रा कष्टकर भए पनि यात्रुले विभिन्न स्थानमा सरकारले यति छिटै बाटो खोलेर सहज बनाएको भन्दै धन्यवाद दिएको उनको दाबी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका