जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। हिजो अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला दुई हजार ७० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका