जोडिनुहोस
  • होमपेज
  • साफ उपविजेता महिला टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

साफ उपविजेता महिला टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

काठमाडौं। साफ महिला च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार महिला टोलीका खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे बालुवाटार आउन भनेका हुन्।

‘प्रधानमन्त्रीज्यूले प्रोत्साहनका लागि उहाँहरूलाई बालुवाटार बोलाउनुभएको हो, सँगै खाना खाने कुरा छ’, प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।

बुधबार राति दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा उपविजेतामै सीमित भएको हो।

फाइनल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला पुगेका थिए। उपाधि नजिते पनि नेपाली महिला खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै प्रधानमन्त्रीले बुधबार राति नै फेसबुकमार्फत प्रशंसा गरेका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?