काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिव्र गतिका बलर करण केसी र ब्याट्सम्यान भीम सार्कीले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डविरूद्धको खेल नखेल्ने भएका छन् ।
उनीहरु दुदै जना घाइते भएका कारण स्कटल्यान्डविरूद्ध खेल नखेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । उनीहरुको स्थानमा देव खनाल र सागर ढकाललाई समावेश गरिएको छ । उनीहरु दुवै रिजर्भ खेलाडीको रुपमा थिए ।
नेपालले अमेरिकाको डालासमा नेपाली समयअनुसार सोमबार(आज) राति सवा १० बजे स्कटल्यान्डसंग खेल्दैछ । नेपाल लिग–२को सातौ स्थानमा छ।