जोडिनुहोस
  • होमपेज
  • कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जनाको नाम सिफारिस, पहिलो नम्बरमा को?

कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जनाको नाम सिफारिस, पहिलो नम्बरमा को?

काठमाडौं। नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले मङ्सिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकाङ्क्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ। दोस्रो नम्बरमा बद्रीलाल महर्जन, तेस्रो नम्बरमा हिमाल कार्की, चौथोमा जमुना नकर्मी, पाँचौँ नम्बरमा संगित बोगटीको नाम पठाइएको छ।

थप सिफारिस भएकामा सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी, र सचिन्द्र महर्जनको नाम पठाइएको छ। जमुना निधन भएका नगरका पूर्व प्रमुख राजकुमार नकर्मी पत्नी हुन्। पेशाले अधिवक्ता जमुना राजनीतिमा कम क्रियाशील छिन्।

कांग्रेसको विधान अनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका