जोडिनुहोस
  • होमपेज
  • तिहारपछि खुलेको शेयर बजार झिनो अंकले घट्यो

तिहारपछि खुलेको शेयर बजार झिनो अंकले घट्यो

काठमाडौं। तिहारपछि खुलेको शेयर बजार झिनो अंकमा रातो भएको छ।

नेप्से परिसूचक ०.२१ अंक मात्रै घटेपछि २६७७.४ मा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो। कुल ११३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो।

केही सेक्टर बढेका छन् भने केही घटेका छन्। निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशत बढ्यो। फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.३९ र अन्य समूह ०.२४ प्रतिशत बढे। बैंकिङ ०.८१, विकास बैंक ०.४८, लगानी ०.०४, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०७ र व्यापार समूह ०.७४ प्रतिशत घटे।

सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। समाज लघुवित्तको ९.९, युनाइटेड मोदी हाइड्रोपावरको ९.५, गुराँस लघुवित्तको ९.३, रसुवागढी हाइड्रोपावरको ८.७ तथा सान्जेन जलविद्युतको ७.३ प्रतिशत मूल्य बढ्यो।

मिडसोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options