जोडिनुहोस
  • होमपेज
  • जेठोबुढो धानमा गभारोः भित्र्याउने बेला न धान, न पराल

जेठोबुढो धानमा गभारोः भित्र्याउने बेला न धान, न पराल

गण्डकी। जेठोबुढो धानको पकेट क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान धानबालीमा गभारो लागेपछि चिन्तित भएका छन् ।

गभारोका कारण एक हजार रोपनी क्षेत्रफलमा लगाइएको जेठोबुढो धानखेती खेर गएको छ । यस्तै, पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । रोगबारे अनभिज्ञ रहेको उनको भनाइ छ । उनले भने, ‘यसअघि यस्तो देखिएको थाहा छैन ।’

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । ‘फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसक्यो’, महाशाखा प्रमुख मनोहर कडरियाले भने । साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका