जोडिनुहोस
  • होमपेज
  • चार हप्तामा ‘१२ गाउँ’को ग्रस कलेक्सन साढे २५ करोड

चार हप्तामा ‘१२ गाउँ’को ग्रस कलेक्सन साढे २५ करोड

काठमाडौं। चलचित्र ‘१२ गाउँ’ले साढे २५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चार हप्तामा यो चलचित्रले २५ करोड ५० लाख ग्रस कलेक्सन गरेको हो।

निर्माणपक्षले ‘१२ गाउँ’ पाँचौँ हप्तामा प्रवेश गरेको अवसरमा चार हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो। आजबाट यो चलचित्र प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ।

यो चलचित्र दसैँको अवसर पारेर फूलपातीका दिन रिलिज भएको थियो। ‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका हुन्। ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्व मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help