जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • चुनावमा गरेको वाचा पूरा गर्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

चुनावमा गरेको वाचा पूरा गर्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

काठमाडौं। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले चुनावी वाचा तत्काल पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अवैध आप्रवासीलाई उनीहरुकै देशमा फिर्ता गर्ने र सीमालाई थप बलियो बनाउने विषय मुख्य प्राथमिकतामा रहेको पनि बताए ।

एनबीसी न्यूजमा एक अन्तर्वाता दिँदै ट्रम्पले अमेरिकी मतदातालाई आफूले गरेको वाचा अनुसार आफ्नो कार्यकालको सबैभन्दा मुख्य विषय अवैध आप्रवासीलाई डिपोर्ट गर्ने रहेको स्पष्ट पारे ।

साथै उनले जनवरीमा पदभार ग्रहण गरेपछि आफ्नो प्राथमिकताहरू मध्ये एक अमेरिकी सीमालाई बलियो र शक्तिशाली बनाउनु आवश्यक रहेको पनि बताए । ट्रम्पको उक्त कदमले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासनको प्रयास हुने बताइएको छ । अवैध आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउनुबाहेक आफूसँग अन्य कुनै विकल्प नरहेको उनले जीकिर गरे । उनले अवैध आप्रवासीले हत्या हिंसा बढेको र लागूऔषध कारोवारीहरुले अमेरिकालाई नस्ष्ट गरिरहेको कारण उक्त कदम चाल्न आवश्यक रहेको प्रष्ट पारे ।

मंगलबार भएको निर्वाचनमा डेमोक्रर्याटकी कमला ह्यारिसलाई हराउँदै ट्रम्प विजयी भएका छन् । विजयी भएसँगै ट्रम्पले ह्वाइट हाउसका कर्मचारीको प्रमुखमा सुसी विल्सलाई नियुक्त गरिसकेका छन् । वाइल्स ट्रम्पको चुनावी अभियानका वरिष्ठ सल्लाहकार थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका