जोडिनुहोस
  • होमपेज
  • ज्ञानेन्द्र शाहीले भने- भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ

ज्ञानेन्द्र शाहीले भने- भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार (भोलि) आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत विज्ञप्ति निकालिसकेको छ ।’

उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने दाबी गरे । उनले प्रधानमन्त्रीलाई सडकमा आउने भए राजीनामा दिएर आउन आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका