समाचार
राज्य व्यवस्था समितिमा संशोधनकर्ता सांसदहरुको माग– अख्तियारलाई निजी क्षेत्रमा प्रवेश दिनु हुँदैन
0 टिप्पणी

काठमाडौं। राज्य व्यवस्था समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरिएको छ ।
छलफलमा संशोधनकर्ता सांसदहरुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश दिन नहुने बताएका छन् । यस्तै सांसदहरुले पूर्वकर्मचारीलाई आयुक्त बनाउन नहुने, अख्तियारमा राजनीतिक हस्तक्षेप रोक्न स्पष्ट व्यवस्था गर्नुपर्ने लगायतका विषय उठाएका छन् ।
यस्तै केही सांसदले अख्तियारले हेरेका मुद्दाको अनुसन्धानको हदम्याद राख्नका लागि पनि माग गरेका छन् । खुल्ला प्रतिस्पर्धाबाट आयुक्त नियुक्ति गर्नुपर्ने, बेनामी उजुरी दिने व्यवस्था हटाउनुपर्ने, अख्तियारले फरेन्सिक ल्याब लाग्ने कुरा हटाउनुपर्ने लगायतका विषय पनि सांसदहरुले उठाएका छन् ।