जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलले जहाजमै भेटे राष्ट्रसंघका महासचिव गुटेरसलाई

राष्ट्रपति पौडेलले जहाजमै भेटे राष्ट्रसंघका महासचिव गुटेरसलाई

अजरबैजानको यात्रामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरससँग हवाईजहाजमै संवाद गरेका छन् ।अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमै दुईजनाबीच कुरा भएको हो । त्यस भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । ‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, उनीहरूको भेटबारे राष्ट्रपतिको सचिवालयले भनेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances