जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल कात्तिक २७ गते मंगलबारको राशिफल

आज २०८१ साल कात्तिक २७ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट धोका हुनसक्छ। स्वास्थ्यले भने साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ।

वृषः आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ। वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ। राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ। परिवारमा घुमघामको तय हुनेछ।

मिथुनः दिन सहज रहेको छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कर्कटः महत्वकांक्षी योजना अपूरा हुनसक्छन्। मनमा अशान्ति बढ्नेछ। स्वास्थ्यले भने राम्रो साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। लगानी भए फाइदा हुने दिन रहेको छ। परिवारमा तपाईंको विश्वास घट्ने जोखिम छ।

सिंहः आफूलाई समय नदिँदा मन दुःखी हुनेछ। बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्न सक्छ। परिवारको साथ मिल्नेछ।

कन्याः दिन राम्रो छ। साथीभाइ दाहिना रहनेछन्। संगठनको बलमा राम्रा काम हुनेछन्। स्वास्थ्यले समेत राम्रो साथ दिनेछ। घुम्ने अवसर मिल्नेछ। समग्रमा दिन रमाइलो छ।

तुलाः बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ। सामान्य खानेकुरमा चित्त बुझाउनुपर्ने दिन छ। अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ।

वृश्चिकः बोलीको प्रभावले राम्रो काम बन्नेछ। धनस्थानमा शुभग्रह बसेकाले लगानी गर्दा फाइदा हुनेछ। शिक्षाका क्षेत्रमा गरेको प्रयास प्रभावशाली हुनेछ। परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ।

धनुः बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ। आफ्ना कुराहरु अरुसँग साट्नु राम्रो हुनेछ। स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्नेछ। राजनीतिक संगठनमा राम्रो हुने दिन छ।

मकरः सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ। एकल निर्णय गर्दा घाटा हुने दिन छ। परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ।

कुम्भः तपाईंको मध्य साढेसाती दशा चलिरहेको छ। धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ। लगानीको क्षेत्रबाट नाफा हुने योग छ। धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ।

मीनः आफ्नै राशीमा चन्द्रमाले भ्रमण गर्दैछन्। आफूले सोचेका कामहरु सहजै सञ्चालन हुनेछन्। विशेष काममा हात हाल्न हिम्मत गर्नुहोला। परिवारको साथ सहयोग प्राप्त हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances