काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको सन्दर्भमा उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको बताएका छन् ।
आज प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै सरकारको निर्णयअनुसार उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार आफूहरूले कार्यान्वयन थालेको रअब १५ दिन पर्खिने बताए ।
उनले यो समस्या अब सदाका लागि अन्त्य हुनुपर्ने उनको भनाइ छ । उनले भने,‘लाइन काट्नुभन्दा अगाडि उत्पादित वस्तु बिक्री नभएसम्म उद्योगी लाइन जोड्न नआउने र सामान बिक्री भएपछि बेरोजगार बढ्यो, अर्थतन्त्र तहसनहस भयो भन्दै ब्ल्याकमेल गर्नुहुन्छ । सरकारलाई केही न केही निर्णय गर्न बाध्य पार्नुहुन्छ ,यसअघि पनि लाइन काट्दै जोड्दै भइरहेको छ । अब १५ दिनमा बक्यौता नतिरे प्राधिकरण नियमानुसार अघि बढ्छ’।