जोडिनुहोस
  • होमपेज
  • सात बुँदे मागसहित यातायात व्यवसायीको प्रदर्शन, देशभर सेवा ठप्प पार्ने चेतावनी

सात बुँदे मागसहित यातायात व्यवसायीको प्रदर्शन, देशभर सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं।सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे मागसहित आज काठमाडौंको माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन्। ‘सार्वजनिक यातायात क्षेत्र बचाउन’ भन्दै व्यवसायीहरूले सरकारले ल्याएको नयाँ नियमावलीको विरोधमा गाडी थन्क्याएर आन्दोलन थालेका हुन्।

आन्दोलनको क्रममा व्यवसायीहरूले सोमबारदेखि देशभर यातायात सेवा ठप्प पार्ने निर्णय गरेका छन्। सरकार भने आफूले ल्याएको निर्णयबाट पछि नहट्ने अडानमा उभिएको छ। व्यवसायीहरूले भने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

यात्रु र परीक्षार्थी मारमा
व्यवसायीको आह्वानमा गरिएको बन्दका कारण सर्वसाधारण यात्रुहरू समस्यामा परेका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा शुक्रबारदेखि सार्वजनिक यातायात बन्द गरिँदा यात्रुहरू अलपत्र परेका हुन्।

शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा पुगेका करिब १५ सय परीक्षार्थीलाई मुग्लिन पठाउन प्रहरीको स्कर्टिङमा पर्यटक तथा स्कुल बस प्रयोग गरिएको थियो। पोखराबाहेक अन्य स्थानहरूमा पनि यात्रुहरू गन्तव्यसम्म पुग्न समस्या भोगिरहेका छन्।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका