महोत्तरी। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी संघका पूर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने जती नदीजन्य पदार्थ निकाल्न नसकेको गुनासो गरेका छन् ।
खोला र नदीमा नदीजन्य पदार्थ थुप्रिएको र मानवीय जोखिम निम्त्याइरहेको बताउँदै नगरप्रमुख क्षेत्रीले क्रसर व्यवसायीहरूलाई राज्यलेसमेत उपेक्षा गरेको बताएका हुन् ।
शुक्रबार भएको व्यवसायी माहासंघको तेस्रो केन्द्रीय महाअधिवेशनमा बोल्दै उनले व्यवसायीहरूलाई आमरुपमा हेर्ने दृष्टिकोणसमेत साँगुरो बनेको गुनासो गरे ।
मधेश प्रदेशमा वार्षिक ११ लाख घनमिटर निकाल्नै पर्ने नेपाल सरकारको मापदण्ड नै रहेको जिकिर गर्दै नदीजन्य पदार्थ मापदण्डअनुसार निकाल्न पाउनुपर्ने माग गरे ।
व्यवसायी महासंघको दशौँ र एघारौँ साधारणसभा तथा तेस्रो केन्द्रीय महाअधिवेशन महोत्तरीको बर्दिबासमा जारी छ । यो एक मंसिरसम्म जारी रहने महासंघले जनाएको छ ।