जोडिनुहोस
  • होमपेज
  • गौशाला क्षेत्रका अतिक्रमित संरचना हटाउन खोजिएपछि अवरोध

गौशाला क्षेत्रका अतिक्रमित संरचना हटाउन खोजिएपछि अवरोध

काठमडाौं। काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउने क्रममा अवरोध सिर्जना भएको छ । गौशाला क्षेत्रको अतिक्रमित संरचनामा महानगरले डोजर चलाएपछि शुक्रवार तनावको स्थिती सिर्जना भएको हो ।

अतिक्रमति संरचना हटाउनका लागि महानगरले डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले अभियन्ता सुमन सायमिसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका संरचनाहरुमा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका