जोडिनुहोस
  • होमपेज
  • १ करोड ५० लाखको चेक बाउन्स मुद्धामा फरार विष्णुमाया पक्राउ

१ करोड ५० लाखको चेक बाउन्स मुद्धामा फरार विष्णुमाया पक्राउ

काठमाडौं। बैंकिङ कसुर (चेक बाउन्स) मुद्धामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ की ३९ वर्षिया विष्णुमाया केसी रहेकी छन् ।

केसीले पीडितलाई खातामा पर्याप्त रकम मौज्दात नभएको एक करोड ५० लाखको चेक दिई फरार भएकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,बौद्धबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

केसीलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका