काठमाडौं। उपत्यकाको तापक्रम यो वर्ष पहिलो पटक सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । मंसिर ९ गते बिहानको मापन अनुसार, उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ ।
यसअघि, मंसिर ६ गते तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो । तर आज त्यो भन्दा पनि तल झर्दै चिसो अझै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरूले उपत्यकाका साथै देशभर नै तापक्रम घट्दै गएको र चिसो क्रमशः तीव्र भइरहेको जानकारी दिएका छन् । चिसो मौसमको प्रभावले दैनन्दिन गतिविधिमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ ।