जोडिनुहोस
  • होमपेज
  • चीनसँग भएको ’बीआरआई’ समझदारी सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

चीनसँग भएको ’बीआरआई’ समझदारी सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चीनसँग भएको ’बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) समझदारीपत्र सार्वजनिक गर्न माग गरेको छ ।

सरकारले गरेका सन्धि–सम्झौता, समझदारीलगायतका काम कारबाहीका बारेमा सुसूचित हुने नेपाली नागरिकको अधिकार संविधानले सुनिश्चित गरेको भन्दै ट्रान्सपरेन्सीले बीआरआईको समझदारीपत्र सार्वजनिक गर्न माग गरेको हो ।

आज विज्ञप्ति निकालेर ट्रान्सपरेन्सीले अहिले चर्चामा रहेको नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको बीआरआईको समझदारीपत्र अहिलेसम्म किन सार्वजनिक नगरेको भन्दै शङ्कासमेत व्यक्त गरेको छ ।

विभिन्न मित्रराष्ट्र एवम् अन्तर्राष्ट्रिय निकायसँग नेपाल सरकारले गरेका र गर्ने समझदारी तथा सम्झौताहरू सार्वजनिक गरी सरकारको काम कारबाही पारदर्शी बनाउने अभ्यास स्थापित गर्नसमेत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका