जोडिनुहोस
  • होमपेज
  • गुगल म्यापको भर पर्दा बन्दै गरेको पुलबाट नदीमा खस्यो कार, तीनजनाको मृत्यु

गुगल म्यापको भर पर्दा बन्दै गरेको पुलबाट नदीमा खस्यो कार, तीनजनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा शनिबार राति अनौठो घटना भएको छ । उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा दर्दनाक घटना भएको हो । यहाँस्थित रामगंगा नदीमा फरिदपुर-बदायु्ंको दातागञ्जलाई जोड्ने अधुरे निर्माणधीन पुलबाट ट्याक्सी परमिट लिएको कार नदीमा खसेको हो । अधुरो पुलबाट कार खस्दा त्यसमा सवार तीनजनाको घटनास्थलमै ज्यान गएको छ । समाचार अनुसार उक्त कारमा सवार यात्रुहरू गुगल म्यापको सहयोगमा गन्तब्यतिर गइरहेका थिए । उनीहरूलाई उक्त अधुरो पुलबारे जानकारी थिएन। तीव्र गतिमा रहेको उक्त कार अधुरो पुलबाट सिधै तल नदीमा खसेको पाइएको छ । तीव्र गति भएकैले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तीव्र गतिमा रहेको कार जब अधुरो पुलको भाग सकिने स्थानमा पुग्यो, तब २५ फिट तलको रामगंगा नदीमा गएर बजारियो । त्यसक्रममा कारमा सवार चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको एबीपी न्यूजले उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका