काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार राजदूत नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपतिले यादवलाई राजदूत नियुक्त गरेका हुन् ।