जोडिनुहोस
  • होमपेज
  • शुक्रबारदेखि बन्द भएको राहदानी वितरण अझै पूर्णरुपमा सुचारु भएन

शुक्रबारदेखि बन्द भएको राहदानी वितरण अझै पूर्णरुपमा सुचारु भएन

काठमाडौं। सर्भरमा समस्या आएको भन्दै गत शुक्रबारदेखि बन्द राहदानी वितरणको काम अझै पूर्णरुपमा सुरु हुन सकेको छैन । राहादानी विभागले एक विज्ञप्ति जारी गर्दै आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको र फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकाले सेवा बन्द गर्नुपरेको जनाएको छ ।

जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरुमा अहिले पनि राहदानी सेवा ठप्प छ । उक्त स्थानहरुमा क्रमशः सेवा सुरु हुने गरी व्यवस्था मिलाइएको र पूर्णरुपमा काम हुन दुई हप्तासम्म लाग्ने जनाइएको छ ।

आवेदकहरुको तथ्यांक सुरक्षित रहेको भन्दै विभागले धैर्यता अपनाउन अनुरोध गरेको छ । यसअघि फारम भर्ने सेवाग्राहीका लागि सेवा सुरु भएको र एक–दुई दिनमै नयाँ आवेदन फारम भर्नका लागि खुला गरिने जनाइएको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि विभागबाटै सेवा दिन थालिएको राहदानी विभागले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका