जोडिनुहोस
  • होमपेज
  • सार्वभौम साख मूल्याङ्कनपछि बैंक तथा वित्तीय क्षेत्र उत्साहित

सार्वभौम साख मूल्याङ्कनपछि बैंक तथा वित्तीय क्षेत्र उत्साहित

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले सार्वभौम साख मूल्याङ्कनमा नेपालले डबल बी माइनसु रेटिङ पाएपछि उत्साह थपिएको जनाएको छ ।

सिबिफिनले आज विज्ञप्ति निकालेर दक्षिण एशियाका अन्य देशहरूमध्ये छिमेकी मित्रराष्ट्र भारतपछि दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो देश भएको प्रमाणितसमेत गरेको सिबिफिनको ठहर छ ।

देशको अर्थतन्त्रका बाह्य सूचकहरू निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षित रूपमा लगानीरकर्जा विस्तार हुन नसकेर आर्थिक गतिविधिले तीव्रता लिन नसकिरहेको अहिलेको अवस्थामा भएको यो मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । यस्तै लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनका लागि ठूलो अवसर सिर्जना गरेको सिबिफिनले जनाएको छ ।

नेपालको सार्वभौम साख मूल्याङ्कनले बैंकरवित्तीय संस्थालाई विदेशबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बीमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिनरऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जिवनी बुटीको कार्य गर्ने सिबिफिनले विश्वास लिएको छ ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्र हुँदै गरेको सन्दर्भमा साख मूल्याङ्कनको क्रममा देखिएका कमी कमजोरीहरूलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित अघि बढ्न सिबिफिनको सुझाव छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका