यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचार-प्रसार तीव्र बनाएका छन् । दलका र स्वतन्त्र दुवै उम्मेदवारहरूले घर-घरमा आक्रमक प्रचार गरिरहेका छन् । उम्मेदवारहरू चुनावी प्रचार लिएर खेतबारीसम्म पुगिरहेका छन् । स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि कीर्तिपुर पुगेका छन् । कीर्तिपुरमा कांग्रेसका कीर्तिपुर नगरपालिकामा कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट डा। शिवशरण महर्जन, एमालेका डा. सुरेन्द्र मानन्धर र स्वतन्त्र उम्मेदवारहरू घरदैलोमामा व्यस्त छन् ।