जोडिनुहोस
  • होमपेज
  • जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनु पर्छः प्रधानमन्त्री

जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनु पर्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनु पर्ने बताएका छन् । छैटौं एसियाली जनसंख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरू जारी रहेको बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका आमासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए । उनले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनु पर्ने, आत्मसम्मान सहितको मानवअधिकार, स्वस्थ्य र आशा सहिको विश्व निर्माणमा सबै एक हुनु पर्नेमा जोड दिए । उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।

उनले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्त्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्यावश्यक भएको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षाहरूलाई देखिने खालका उपलब्धिमा रूपान्तरित गर्नु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल, एसियाली जनसंख्या एसोशिएशनका अध्यक्ष रेइको हायाशी लगायत सम्मेलनको उद्घाटन सत्रमा सहभागी थिए । सम्मेलनमा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका